एसियन बक्सिङः फाइनलमा सुस्मा पराजित
काठमाडौँ- नेपाली महिला बक्सर सुस्मा तामाङ थाइल्याण्डको बैंककमा जारी एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसीप अन्तर्गत ४५ देखि ४८ केजी तौल समूहको फाइनलमा पराजित भएकी छन् ।
उनले फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फारजोनाविरुद्ध पराजय भोगेकी हुन् । तर उनले नेपालका लागि रजत पदक जितेकी छन् । एसियन स्तरको बक्सिङमा रजत जित्ने सुस्मा पहिलो नेपाली बक्सर हुन् ।
यसअघि सेमिफाइनल खेलमा सुस्माले मंगोलियाको जानारगुली बायेस्येन्बाइलाई पराजित गरेकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया