खेलकुद

पेरिस ओलम्पिकमा सहभागी नहुने युक्रेनको चेतावनी

इकागज |
माघ १३, २०७९ शुक्रबार १०:१६ बजे

काठमाडौँ- युक्रेनले रुस र बेलारुसका खेलाडीहरू सन् २०२४ को पेरिस ओलम्पिकमा सहभागी भए आफूहरूले सहभागिता नजनाउने चेतावनी दिएको छ ।

इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले बुधबार रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा सहभागी गराउनेबारे विभिन्न उपायहरू खोजी गरिरहेको जनाएपछि युक्रेनको यस्तो चेतावनी आएको बीबीसीले उल्लेख गरेको छ ।


आईओसीले रुस र बेलारुसका खेलाडीलाई ‘न्यूट्रल’ खेलाडीको रुपमा खेलाउने उदेश्यले विभिन्न उपायहरू खोजिरहेको जनाएको छ ।

तर युक्रेनका खेलकुद मन्त्री भाडिम गुटसेटले युक्रेनमा रुसको युद्ध जारी रहेसम्म रुस र बेलारुसका खेलाडीको सहभागिता हुन नहुने बताउँदै यदि उनीहरू सहभागिता भए आफूहरू सहभागी नहुने बताए ।


Author

थप समाचार
x