अस्ट्रेलियन ओपनमा उपविजेता बन्दै सानियाले लिइन् टेनिसबाट सन्यास
काठमाडौँ- भारतीय टेनिस स्टार सानिया मिर्जाले अस्ट्रेलियन ओपनमा उपविजेता बन्दै खेल जीवनबाट सन्यास लिएकी छन् । मिक्स्ड डबल्सको फाइनलमा सानिया र रोहन बोपानाको जोडीले ब्राजियलका लुइसा स्टेफानी र राफाएल माटोसको जोडीसँग पराजित भए छ ।
मेलबर्न पार्कमा शुक्रबार भएको खेलमा ब्राजिलियन जोडीले सानिया र रोहनको जोडीलाई ७-६(२) र ६-२ को सोझो सेटमा पराजित गर्यो ।
यसअघि ३६ वर्षीया सानिया र रोहनको जोडीले सेमिफाइनलमा तेस्रो वरीयता तथा विम्बल्डन च्याम्पियन डेसिरा क्रावक्जी र निल स्कुप्स्कीको जोडीलाई पराजित गरेको थियो ।
सानियाले मेलबर्न पार्कमै सन् २००९ मा महेश भुपाथीसँग मिलेर मुख्य प्रतियोगिताको उपाधि जितेकी थिइन् र उनले यही नै खेल जीवनको समाप्ती गरेकी छन् । सन् २०१६ मा उनले स्विस स्टार मार्टिना हिनगिससँग मिलेर महिलातर्फको डबल्सको उपाधि जितेकी थिइन् ।
अस्ट्रेलिया बाहिर सानियाले चारवटा ग्रान्ड स्लाम जितेकी थिइन् । सन् २०१४ तथा २०१५ मा युएस ओपन, २०१५ मै विम्बल्डन तथा २०१२ मा रोलान्ड गारोस जितेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया