खेलकुद

युनाइटेड र लिभरपुलबीचको खेल प्रिमियर लिगकै सबैभन्दा ठूलोः सोल्स्यार

इकागज |
बैशाख १९, २०७८ आइतबार १६:४ बजे

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । इंग्लिस फुटबलका दुई परम्पारिक शक्तिको भेट ओल्ड ट्रार्फोडमा हुनेछ । दुई ठूला टिमको भिडन्तले यसपटकको लिग उपाधि दौडमा केही फरक पर्ने देखिदैँन । यद्यपि उनीहरुबीचको खेल इंग्लिस फुटबलकै सबैभन्दा ठूलो भएको ओलो गनर सोल्स्यार बताउँछन् ।

‘म्यानचेस्टर युनाइटेड र लिभरपुल ऐतिहासिक क्लब हुन् । त्यसकारण, दुईटिमबीचको खेल सधैँ महत्वपूर्ण रहन्छ । मेरो विचारमा यो प्रिमियर लिगकै सबैभन्दा ठूलो खेल हो,’ सोल्स्यारले म्यानचेस्टर युनाइटेड टिभीसँग कुरा गर्दै भनेका छन् । 


गत सिजनको प्रिमियर लिग च्याम्पियन लिभरपुल यस पटक भने खस्केको छ । योर्गन क्लपको टिमले ३३ खेलबाट जम्मा ५४ अंक बनाएको छ । उता युनाइटेड भने लिगको दोस्रो स्थानमा छ । सोल्स्यारको टिमले ६७ अंक बनाएको छ । लिभरपुललाई अंक तालिकामा पछाडि छाडेपनि युनाइटेडको म्यानचेस्टर सिटीको भन्दा १३ अंक कम छ ।  

यस सिजनको अघिल्लो भेटमा दुबै टिमले गोल गर्न सकेका थिएनन् भने एफए कपमा युनाइटेड विजयी बनेको थियो । अघिल्लो सिजन लिभरपुल एनफिल्डमा भएको खेलमा विजेता बन्दा ओल्ड ट्रार्फेडको खेल भने बराबरीमा टुङ्गेको थियो । 

यस पटक भने युनाइटेड बलियो देखिएको छ । कमसेकम अंक तालिकाको स्थान र पछिल्लो लयका आधारमा । ‘खेलाडीका रुपमा र प्रशिक्षकका रुपमा लिभरपुलको सामना गर्दा कहिले खुशी र कहिले दुखी हुनु परेको छ । यस पटक सकारात्मक ननिजा निकाल्ने बाहेको अर्को लक्ष्य विकल्प छैन,’ सोल्स्यार भन्छन् ।  


 


Author

थप समाचार
x