टाइगर कप भलिबल : उपाधिका लागि एपीएफ र गण्डकी भिड्ने
पोखरा। पोखरामा जारी तेस्रो टाइगर कप भलिबलमा पुरुष तर्फको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्बल र गण्डकी प्रदेशको टिम भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलबाट उपाधिका लागि भिड्ने टिम तय भएको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले पहिलो सेट २५–१० ले तथा दोस्रो सेटमा २५–२१ को सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा २५–१८ सेटमा जित निकाल्न सफल भयो ।
यो जितसँगै एपीएफ पहिलो पटक फाइनल पुगेको हो । उक्त खेलमा एपीएफका टेकराज अवस्थी म्यान अफ दी म्याच र विजय थापा स्पाईकर अफ दी म्याच भए । दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्यो । पहिलो र दोस्रो सेटमा समान २५–२३ को जित निकालेको गण्डकी प्रदेशले तेस्रो सेटमा २५–१६ ले सहजै पराजित गरेको हो ।
यो खेलमा गण्डकी प्रदेशका विवश आले मगर म्यान अफ दी म्याच र घनश्याम चौधरी स्पाईकर अफ दी म्याच भए । यो सँगै पहिलो संस्कणमा उपाधि चुमेको गण्डकी प्रदेश दोस्रो पटक प्रतियोगिताको फाइनल पुगेको हो । शुक्रबार नै भएको महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमण्डले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । न्यु डायमण्ड तेस्रो बन्ने क्रममा गण्डकीलाई २५–१९, २५–१६ र २५–१६ को नतिजा निकालेको थियो ।
प्रतियोगितामा चौथो बनेको गण्डकीको टिमले ६५ हजार प्राप्त ग¥यो भने तेस्रो बनेको १ लाख २५ हजार प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार महिला तथा पुरुषको फाइनल खेल हुनेछन् । त्योभन्दा अघि पुरुषको तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । त्यस महिलातर्फ फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ, पुरुषतर्फ एपीएफ र गण्डकीको खेल हुनेछ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया