टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन
पाेखरा- पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन भएको छ ।
पोखरा रंगशाला भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३-२ सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन भएको हाे । गण्डकीले १६-२५, २५-१८, २५-१९, २२-२५, २६-२८ र १५-८ ले एपिएफलाई पराजित गर्दै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन भएको हो । पहिलो संस्करणमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।
महिलातर्फ भने त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । एपिएफले आर्मीलाई २५-२०, २२-२५, २५-८ र २५-२२ ले जित्दै च्याम्पियन बनेको हो ।
पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्राे र त्रिभुवन आर्मी क्लब चाैँथाे बन्याे । महिलातर्फ न्यु डायमण्ड तेस्राे र गण्डकी प्रदेश चाैँथाे भयाे ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई समान ५ लाख, उपविजेता दुवै टिमलाई २ लाख ५० हजार, तेस्रो भएकाे टिमले १ लाख २५ हजार र सान्त्वना भएको टिमले ६५ हजार पुरस्कारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया