जोकोभिच भन्छन्, ‘१०औँ अस्ट्रेलियन ओपन अहिलेसम्मकै सबैभन्दा ठूलो जित’
काठमाडौँ- नोभाक जोकोभिचले १०औँ पटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जित्नु उनका लागि सबै भन्दा ठूलो जित रहेको बताएका छन् । अस्ट्रेलियन ओपनको फाइनलमा ३५ वर्षीय सर्वियन टेनिस स्टार जोकोभिचले ग्रिसका स्टेफानो सिटसिपासलाई ६-३, ७-६(७-४) र ७-६(७-५) ले पराजित गर्दै २२ औँ पटक ग्रान्ड स्लामको उपाधि जितेका हुन् ।
यससँगै जोकोभिचले सर्वाधिक २२ पटक ग्रान्ड स्लाम जित्ने राफायल नाडालको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । यससँगै जोकोभिच पुनः विश्व नम्बर एक खेलाडी बन्ने छन् ।
कोभिड-१९ विरुद्धको खोप नलगाएको भन्दै अस्ट्रेलियाबाट डिपोर्ट हुँदै अस्ट्रेलियन ओपन गुमाएका जोकोभिचले यस वर्ष पनि विभिन्न कठिनाइसँगै उपाधि जिते ।
खुट्टाको चोटसँगै आफ्ना बुवा विवादमा परेको घटनासँगै जोकोभिचले आफूलाई विजेता बनाए । जोकोभिचले आफूहरूले विगत चार अथवा पाँच हप्तामा जुधेको समस्यालाई केवल टिम तथा परिवारका सदस्यले मात्र थाहा पाएको बताए ।
ती अवस्थाहरूलाई मध्यनजर गर्दै जोकोभिचले यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित भएको प्रतिक्रिया दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया