खेलकुद

एनएसएलः ललितपुरको अर्को बराबरी

इकागज |
बैशाख १९, २०७८ आइतबार १९:५६ बजे

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर एफसीले अर्को बराबरी खेलेको छ । दशरथ रंगशालामा जारी एनएसएलको आइतबारको खेलमा ललितपुरले पोखरा थन्डर्ससँग गोल रहित बराबरी खेलेको हो । यसअघि ललितपुरको धनगढी एफसी र चितवन एफसीसँगको खेल पनि बराबरीमा टुङ्गिएको हो । 

लिगमा तेस्रो बराबरीसँगै ललितपुरको तीन अंक भएको छ । सात टिम सम्मिलित लिगमा ललितपुर छैटाैँ स्थानमा छ । उता पोखरा भने चार खेलबाट पाँच अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको धनगढी एफसीले सात अंक बटुलेको छ । 
 



Author

थप समाचार
x