३१ वर्षीय विश्व च्याम्पियन स्कायरको हिमपहिरोमा परी मृत्यु
काठमाडौँ- अमेरिकी पूर्व विश्व च्याम्पियन स्कायर कायल स्मेनको हिमपहिरोमा परी मृत्यु भएको छ । ३१ वर्षीय स्मेनको जापानमा हिमपहिरोमा परी मृत्यु भएको बीबीसीले जनाएको छ ।
जापानको माउन्ट हाकुवा नोरिकुरामा आइतबार गएको हिमपहिरोमा परी स्मेनसँगै अन्य एक जनाको मृत्यु भएको हो ।
सन् २०१५ को विश्व च्याम्पियनसीप अन्तर्गत हाफपाइपतर्फ स्वर्ण जितेका स्मेन इकोन पास र नागानो टुरिज्मको मार्केटिङका लागि जापान पुगेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया