खेलकुद

आइपीएल: कोलकाताका दुई खेलाडीमा कोभिड-१९ संक्रमण, बेंगलोरसँगको खेल स्थगित

इकागज |
बैशाख २०, २०७८ सोमबार १६:२५ बजे

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीचको खेल स्थगित भएको छ । कोलाताको टिम क्याम्पमा रहेका दुई खेलाडी कोभिड–१९ को संक्रमणमा परेपछि सोमबार अहमदाबादमा हुने खेल स्थगन गरिएको हो । आइपीएल नै स्थगन हुनुपर्ने माग उठिरहेको बेला खेलाडी संक्रमणमा परेको खबर आएको हो । 

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार कोलकातामा वरुण चक्रवर्थी र सन्दिप वारियरलाई कोभिड–१९ पोजिटिभ देखिएको हो । आइपीएल सुरुहुनु भन्दा पहिलो कोलकाताकै नितिश रैना पनि कोभिड–१९ संक्रमणमा परेका थिए । तर हाल उनी संक्रमणबाट मुक्त भइसकेका छन् । 


कोभिड–१९ को दोस्रो लहरका कारण पूरै भारतभर संक्रमणमा पर्नेको संख्या व्यापक मात्रामा बढिरहेको छ । कयौँ विदेशी खेलाडीहरुले आइपीएल छाडेका छन् । एडम जाम्पा, केन रिचार्डसन, आन्द्रे टाय र लियाम लिभिङस्टोनले असुरक्षित महसुस गर्दै यसपटकको आइपीएल छाडिसकेका छन् । उता भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) ले आइपीएल सुरक्षित तवरले आयोजना भइरहेको दाबी गरिरहेको छ । 


Author

थप समाचार
x