खेलकुद

मेस्सीसँग खेल्ने मारियो गोज्जेको सपना

इकागज |
बैशाख २०, २०७८ सोमबार १९:३५ बजे

काठमाडौँ: मारियो गोज्जे हाल डच लिगमा छन् । बोरुसिया डर्टमन्ड र बायर्न म्युनिखबाट जर्मन लिग खेलेका गोज्जे फरक किसिमको अनुभवका लागि नेदरल्यान्ड्स पुगेका हुन् । जर्मनीका दुई ठूला क्लबमा खेल्ने मौका पाएका २८ वर्षीय गोज्जे पछिल्ला वर्षहरूमा भने संर्घषरत छन् । जर्मनीलाई २०१४ विश्‍वकप जिताउन विजयी गोल गरेका गोज्जे २०१८ यता राष्ट्रिय टिममा फर्कन सकेका छैनन् । 

यद्यपि गोज्जेले जर्मन टिममा फर्कने सपना भने त्यागी सकेका छैनन् । अनि युरोपियन क्लब फुटबलमा ठूलो मानिएको लिगमा फर्कने उनको लक्ष्य पनि कायमै छ । त्यति मात्रै होइन गोज्जेले लियोनल मेस्सीसँग खेल्ने सपना पनि बुनेका छन् । 


डर्टमन्डको दोस्रो बसाईमा सन्तोषजनक लय देखाउन नसकेका गोज्जे सन् २०२० मा मात्रै पीएसभी आइनडोभन पुगेका हुन् । जहाँ उनले यस सिजन १७ लिग खेलमा समान पाँच गोल र अस्सिट दर्ता गरेका छन् । पीएसभीमा केही हदसम्म आत्मविश्वासी देखिएका गोज्जे नयाँ सिजनका लागि बार्सिलोना रोज्‍न चाहन्छन् । ‘मलाई बार्सिलोनाको खेल्ने शैली मनपर्छ । अनि त्यहाँ मेस्सी पनि छन् । म उनीसँग च्याम्पियन्स लिग खेल्न चाहन्छु,’ गोज्जेले डच टेलिभिजन च्यानल इलेभेन फ्रेउन्डेसँग भनेका छन् । 

बार्सिलोना जाने इच्छा राखेका गोज्जेको पीएसभीसँगको सम्झौँता सन् २०२२ सम्मको छ । आफूले चाहेको स्थानान्तरण सम्भव नभए पीएसभीमै केही वर्ष बस्न‍नपनि आफू तयार रहेको गोज्जेले बताए । 

गोज्जेले जर्मन टिममा फर्कन आफूले कडा मेहेनत गरिरहेको पनि जनाए । आउँदो यूरो योकिम लका लागि जर्मन टिमसँगको अन्तिम प्रतियोगिता हुँदैछ । लले विदाई लिने यूरोबाट गोज्जे जर्मन टिममा पूनरागमन गर्न चाहन्छन् । 


Author

थप समाचार
x