खेलकुद

‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता आजबाट सुरु

इकागज |
माघ २८, २०७९ शनिबार १९:१६ बजे

मकवानपुर- मकवानपुरको हेटौंडामा पाँचौ संस्करणको ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता आज उद्घाटन भएको छ ।

आज भएको उद्घाटन खेलमा आयोजक मकवानपुर-११ र नव जनजागृती युवा क्लब सिमराबीच खेल भएको छ । प्रतियोगितामा आयोजक मकवानपुर ११ ले नव जनजागृती युवा क्लबलाई २-० ले पराजित गरेको छ ।


मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक मकवानपुर-११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललितपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।  प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामा उद्घाटन गरेको गरिन् । पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।


Author

थप समाचार
x