खेलकुद

मुख्यमन्त्री ब्याडमिन्टन उपाधि प्रिन्स र जेशिकालाई

इकागज |
माघ २८, २०७९ शनिबार २०:५६ बजे

काठमाडौँ- इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि पुरुष एकल तर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्गले जितेका छन् ।

प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजय बापत दाहालले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रफुलले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहे । बिष्णु र रुकेश प्रत्येकले नगद १०/१० हजार हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।


यसैगरि जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गर्दै उपाधिका साथ नगद ५० हजारसहित हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । अमिताले दोश्रो भए बापत नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थान रहेका सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सिमा राजबंशीले नगद १०/१० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधिसहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि उचालेका हुन् । दोश्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेश्रो स्थानमा रहेका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी संयुक्त तेश्रो हुँदै ७ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै महिला तर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१०, २१–९ ले पराजित गरे । विजयी जोडीले नगद ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद १५ हजार हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्ग तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मिक्स युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधिका साथ नगद ३० हजार प्राप्त गरे । उपविजयी लिनथेप र राईको जोडीले नगद १५ हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका एपिएफका क्षितीज खनाल र जेशिका गुरुङ्ग तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडी प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गरे ।

भेट्रान ४५ वर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडीले विजय प्राप्त गर्‍यो । चौधरी र लामाको जोडीले स्पोर्टस् हवका सनबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाई १५–२१, २१–१८, २१–१८ ले पराजित गर्दै विजय प्राप्त गरेका हुन् । तेश्रो स्थानमा तेर्‍हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको तथा दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडी रहे । विजयी जोडीले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो हुने जोडी प्रत्येकले नगद ५/५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

भेट्रान ५५ वर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दानबहादुर तामाङ्गको जोडीलाई पराजित गर्दै गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले बाजी मारे । नियोग र श्रेष्ठको जोडीले राई र तामाङ्गको जोडीलाई २१–१०, २१–१९ ले पराजित गरेका हुन् । मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडी तथा कास्कीका रमेश भट्टचनक र ललितपुरका दिलबहादुर कदङ्गवाको जोडी संयुक्त तेश्रो भए । विजयी जोडीले नगद २० हजार, उपविजयी जोडीले नगद १० हजार र तेश्रो हुने जोडीले नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडाले भोजपुरका तयाबुङ्ग राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै विजयी भए । तेश्रो स्थानमा आर्मीका दीप थिङ्ग र सप्तरीका संगम राउत रहे । छात्रा तर्फ कास्कीकी निभा राई विजयी भईन् । भोजपुरकी रितु तामाङ्ग खुट्टामा चोट बोकी रिटायर्ड हर्ट भएपश्चात निभाले खेल जिजेकी थिइन् । पहिलो सेट ४–२१ ले गुमाएकी रितु दोश्रो सेटमा ५–११ को स्थितिमा खुट्टामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिइन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी ईशिता खत्री र सुनसरीकी रिश्ता रावल रहे । विजयीले नगद १३ हजार, उपविजयीले नगद ७ हजार र तृतीयले नगद ३ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १३ छात्र तर्फ आर्मीका रिजन मगरले एपिएफका आरुष सिमखडालाई २१–१७, २१–१२ ले पराजित गर्दै उपाधि उचाले । तेश्रो स्थानमा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ र तनहुका सफल भुजेल रहे । छात्रा तर्फ सेनाकी रिहाना शेरचन विजयी भईन् । उनले पहिलो सेट आर्मीकी टिसारानी शाक्यलाई २१–१४ ले जितेकोमा दोश्रो सेट ११–३ को अवस्थमा टिशा रिटायर्ड हर्ट भए पश्चात सोतः खेल जितेकी थिइन् । तेश्रो स्थानमा आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी निभा राई रहे । विजयीले नगद १५ हजार, उपविजयीले नगद ८ हजार र तेश्रोले नगद ४ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १५ छात्र तर्फ सेनाका कविर के.सी.ले एपिएफका अरुण अधिकारीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधि उचाले । तेश्रो स्थानमा सुनसरीका संगम गिरी र कैलालीका शिषिर राना रहे । छात्रा तर्फ सेनाकी टिसारानी शाक्य घाइते भएर खेल छोडे पश्चात सेनाकी रिहाना शेरचनले स्वतः प्रतियोगिता जितिन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी बिकिता आचार्य र कास्कीकी निभा राई रहे । विजयीले नगद १७ हजार, उपविजयीले नगद ९ हजार र तेश्रोले नगद ४ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि नेकपा एमाले १ नं. प्रदेश सभा सदस्य तथा सचेतक रेवती रमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्र शेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतिक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


Author

थप समाचार
x