खेलकुद

हिमालयन शेर्पा अन्तिम ८ मा प्रवेश

इकागज |
फागुन २, २०७९ मंगलबार १९:३९ बजे

मकवानपुर- हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा हिमालयन शेर्पा विजयी भएको छ ।

शेर्पाले बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । शेर्पाले बागमतीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । शेर्पाका लागि यमिले ३७ र निशान लिम्बुले ६४ औं मिनेटमा गोल गरे ।


बागमतीको तर्फबाट सनम धिमालले गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरे । बुधबार एभिनीएर एफसी र वीरगंज युथ एकेडेमीबीच खेल हुनेछ ।

मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।  प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झै यस वर्ष पनि हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।


Author

थप समाचार
x