खेलकुद

नेपाल टि२० लिग : 'स्पट फिक्सिङ' आराेपमा १० जनालाई कारबाहीको सिफारिस

इकागज |
फागुन ३, २०७९ बुधबार १४:३५ बजे

काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएको 'स्पट फिक्सिङ' सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपाेर्ट सरकारी कार्यालयलाई बुझाएको हो ।


प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । उनका अनुसार १० जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ । 

नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा 'स्पट फिक्सिङ 'भएको खुले पछि (सीआईबी) ले लामो अनुसन्धान गरेकाे थियाे । जसका कारण नेपाल क्रिकेट संघ र उसकाे  नेतृत्व विवादको घेरामा परेको छ ।


Author

थप समाचार
x