खेलकुद

बार्सिलोनामा फेरि मेस्सी र नेयमारसँगै !

इकागज |
बैशाख २१, २०७८ मगलवार १५:५७ बजे

काठमाडौँ: इएसपीएन अर्जेन्टिनाले दुई महत्वपूर्ण दाबी गरेको छ । पहिलो, लियोनल मेस्सीले बार्सिलोनामा दुई वर्षे नयाँ सम्झौँता गर्ने । दोस्रो, बार्सिलोनाले कुनै हालतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नेयमार भित्र्याउने । 

इएसपीएन अर्जेन्टिनाले आफ्नो स्रोतको हवाला दिँदै मेस्सी सन् २०२३ सम्म बार्सिलोनामै रहन तयार भइसकेको लेखेको छ । त्यस्तै बार्सिलोनाले मेस्सीलाई नेयमार ल्याउने वाचा गरेको पनि दाबी गरिएको छ ।  


बार्सिलोना कप्तान मेस्सी आउँदो जुन ३० बाट फ्री-एजेन्ट बन्दैछन् । क्याटलन क्लबसँग नयाँ सम्झौँता नगर्ने हो भने आगामी सरुवा बजारमा मेस्सीलाई जुन सुकै क्लब जान पनि छुट छ ।

उता पीएसजीमा नेयमारको सन् २०२२ जुन सम्मको सम्झैाँता छ । ब्राजिलियन फरवार्डले पेरिसको क्लबसँग नयाँ सम्झौँता गरिसकेका छैनन् । पटक पटक बार्सिलोना फर्कने चाहना राखेका नेयमारको स्पेन स्थान्तरणको सम्भावना बलियो रहेको बताइँदै आइएको छ ।  


 


Author

थप समाचार
x