ओलम्पिकले खेलाडीलाई विभाजित र बहिष्कार गर्न नसक्ने आईओसीको स्पष्टोक्ति
काठमाडौँ- रुस र बेलारुसका खेलाडीलाई पेरिस २०२४ ओलम्पिक्समा सहभागिता जनाउने विषयमा विवाद चलिरहँदा इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिकले खेलाडीलाई विभाजित तथा बहिष्कार गर्न नसक्ने जनाएको छ ।
आईओसीले एक विज्ञप्तीमार्फत खेलकुदले एकताको चरित्र बोकेको र यसले शान्ति प्रवरद्धन गर्ने जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा ४० भन्दा बढी देशले रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा सहभागी नगराउन आईओसीमाथि दवाव दिइरहेको छ ।
आईओसीले रुस र बेलारुसका खेलाडीलाई न्यूट्रल खेलाडीको रुपमा एसियाबाट छनोटमा सहभागिता जनाउन पाउने गरी स्थान छुट्याएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया