नेपालले जित्यो तेस्रो अन्तर्राष्ट्रिय कराँतेमा २ स्वर्ण, २ रजत
काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जित्न सफल भएको छ ।
श्रीलंकाको रतनपुरा इन्डोर स्टेडियमा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण र २ रजत पदकमा जित हासिल गर्न सफल भएको हो ।
९ वर्ष उमेर समूहमा सन्यम कँडेलले र ७५ केजी तौल समूहमा कमरुद्धिन अलीले स्वर्ण पदक जित्न सफल भएका हुन् भने पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ भने रजत पदकमा चित्त बुझाए।
सो खेलमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान श्रीलंकासहित ५ राष्ट्रको सहभागिता थियो । प्रतियोगितामा नेपालवाट भने ५जना खेलाडीका सहभागीता रहेको थियो ।
नेपाल कराँते महासंघका महासचिव एवं दक्षिण एसियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा टिम व्यवस्थापक जेनिश पन्थीसहितको टोली ५ खेलाडी लिएर श्रीलंका पुगेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया