खेलकुद

एनएसजेएफ स्पोर्टस अवार्ड : फुटबलका अल्मुताइरी उत्कृष्ट प्रशिक्षक

इकागज |
फागुन २३, २०७९ मंगलबार १५:५४ बजे

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गरिरहेको छ । विभिन्न पाँच विधामा अवार्ड दिइन्छ । । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना भइरहेको छ । अवार्ड घोषणा हुने क्रम जारी छ । 

सो अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकअब्दुल्लाह अल्मुताइरीले जितेका छन् ।  वर्ष प्रशिक्षकतर्फ फुटबलका अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।


मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।

१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । 

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा आज भइरहेको छ । अन्य पाँच विधामा ५–५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ ।
 


Author

थप समाचार
x