खेलकुद

एनएसएलः ललितपुरको पहिलो जित

इकागज |
बैशाख २३, २०७८ बिहीबार १७:५९ बजे

काठमाडौँ: ललितपुर एफसीले नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार पहिलो जित दर्ता गरेको छ । पछिल्ला चार खेलमा जितविहिन रहेको ललितपुरले बुटवल लुम्बिनी एफसीमाथि १-० को जित दर्ता गरेको छ । 

चार दिन अघि पोखरा थन्डर्ससँग बराबरी खेलेपछि ललितपुरले मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई बर्खास्त गरेको थियो । त्यसपछि ललितपुरको कार्यबहाक प्रशिक्षक राजु तामाङ बनेका छन् । उनै राजुको नेतृत्वमा ललितपुरले पहिलो जित दर्ता गरेको हो । 


ललितपुरको जितमा नुर्लान जाहिदले गरे । अजरबैजानका विङ्गर जाहिदले खेलको पाँचौ मिनेटमा गोल गरे । उनको ललितपुरको जितका लागि हेडर गोल गरे ।जितपछि ललितपुरले छ अंक भएको छ । सात टिम सम्मिलत एनएसएलमा ललितपुर चौँथो स्थानमा उक्लेको छ । पराजित बुटवल लुम्बिनी भने पाँच अंकका साथ छैँठौँ स्थानमा रहेको छ । 


Author

थप समाचार
x