खेलकुद

चेल्सीले म्यानचेस्टर सिटीलाई हरायो

इकागज |
बैशाख २६, २०७८ आइतबार ६:५० बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई हराएको छ । शनिबार राती भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोलले हराएको हो ।

चेल्सीलाई जिताउन जियाच र अलोन्सोले गोल गरे । सिटीका लागि रहिम स्टर्लिङले गोल गरेपनि टिमलाई जिताउन सकेनन् । पहिलो हाफको अन्तिममा पाएको पेनाल्टीमा सर्जियो अग्वेरो गोल गर्न चुक्दा सिटी पराजित भएको हो ।


जितपछि चेल्सी ३५ खेलबाट ६४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । सिटी भने ८० अंकसहित शीर्ष स्थानमा कायमै छ । चेल्सी र सिटी यस सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेका टिम हुन् । फाइनल खेल मे २९ तारिखमा टर्कीको इस्तानबुलमा हुनेछ । 


Author

थप समाचार
x