रुसी खेलाडीसँग आफ्ना खेलाडीले खेल्नु परे ओलम्पिक बहिष्कार गर्ने युक्रेनी निर्णयको आलोचना
काठमाडौँ- रुसका खेलाडीहरूसँग खेल्नु परेपछि आफ्ना खेलाडीले २०२४ पेरिस ओलम्पिकका छनोट खेल नखेल्ने युक्रेनले चेतावनी दिएपछि इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले त्यसको आलोचना गरेको छ ।
गत शुक्रबार युक्रेनका मन्त्री ओलेह नेमचिनोभले पेरस ओलम्पिक छनोटका लागि युक्रेनका खेलाडीलाई रुसका खेलाडीसँग खेल्नु परे युक्रेनले छनोटमा सहभागिता नजनाउने चेतावनी दिएका थिए ।
तर, आईओसीले भने युक्रेन सरकारको निर्णयले केवल युक्रेनी खेलाडीलाई घाटा लाग्ने भन्दै आलोचना गरेको अलजजिराले जनाएको छ ।
आईओसीले भने रुस र बेलारुसका खेलाडीलाई ‘न्यूट्रल’ खेलाडीका रूपमा ओलम्पिकमा सहभागिता गराउने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया