‘अब चार खेल जिते लिभरपुल शीर्ष चारमा’
काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार साउथह्याम्पटनलाई २-० ले हरायो । पछिल्ला दुई खेलमा बराबरी गरेको लिभरपुलले साउथह्याम्पटनसँगको खेलबाट तीन अंक बटुलेपछि योर्गन क्लप आत्मविश्वासी देखिएका छन् । शीर्षचारमा पर्ने सम्भावना बढेको ठानेका छन् ।
लिगमा अब लिभरपुलले चार खेल बाँकी छ । आउँदो नौ दिनभित्र लिभरपुलले म्यानचेस्टर युनाइटेड, वेस्टब्रुम, बर्नली र क्रिस्टल प्यालेसको सामना गर्नेछ । ती सबै खेलमा जित दर्ता गरे लिभरपुल शीर्ष चारमा पर्ने क्लपको भनाइ छ ।
अंक तालिकामा लिभरपुल चौँथौँ स्थानको लेस्टर सिटी भन्दा छ अंकले पछि छ । बे्रन्डन रोजर्स नेतृत्वको टिमले लिगमा तीन खेल खेल्न बाँकी छ । लेस्टर मे ११ मा युनाइटेसँग खेल्नेछ भने त्यसको एक साता पछि चेल्सी भिड्नेछ । आफ्नो अन्तिम खेलमा लेस्टरले घरेलु मैदानमा टोटनहमलाई आतिथ्यता प्रादन गर्नेछ ।
‘अब बाँकी चार खेल जिते हामी च्याम्पियन्स लिगका लागि छनौट हुनेछन् । हामीले बिहीबार युनाइटेडको सामना गर्नेछौँ । युनाइटेडको तालिका व्यस्त रहेकाले हामीलाई फाइदा पुग्नसक्छ । बर्नली र वेस्टबु्रम रेलिगेसन क्षेत्रमा छन् । उनीहरु प्रिमियर लिगमै रहन संर्घषरत छन् । त्यसकारण उनीहरुसँगको खेल सजिलो भने हुनेछैन । हामी दबाबमा हुनेछौँ,’ क्लपले भने ।
लिभरपुलले युनाइटेड, वेस्टब्रुम र बर्नलीसँगको खेल घरभन्दा बाहिर खेले पनि प्यालेसविरुद्ध भने एनफिल्डमा हुनेछ । जसमा लिभरपुल समर्थक उपस्थित हुनेछन् ।
‘फुटबल दर्शककै लागि खेलिने हो । म यस खेलमा भएको पनि दर्शककै कारणले हो । यो सिजन दर्शकबिनाको रंगशालामा खेल्दा नमज्जा भएको छ । बर्नलीसँगको खेलमा विपक्षी दर्शक हुनेछन् । अन्तिम खेलमा हाम्रो रंगशालामा पनि दर्शक हुनेछन् । आशा छ अर्को सिजन सबै खेलमा दर्शक हुनेछन्,’ क्लपले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया