खेलकुद

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन सुरु

इकागज |
चैत २३, २०७९ बिहीबार ९:५५ बजे

लुम्बिनी - भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । 

नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । 


प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष  खेलाडी  सहभागी छन् ।  मायादेवी  मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनी वरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने आयोजक संस्था मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई एक लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार पुरस्कार प्रदान गरिने छ । यस्तै महिलातर्फ प्रथम हुनेलाई एक लाख ५१ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ । 


Author

थप समाचार
x