खेलकुद

समर्थक आन्दोलनमा उत्रिएपछि युनाइटेडले २० करोड पाउण्ड गुमाउने

इकागज |
बैशाख २६, २०७८ आइतबार १४:५० बजे

काठमाडौँ: युरोपियन सुपर लिग तम्सिएका क्लबमध्येको एक हो म्यानचेस्टर युनाइटेड । युनाइटेड बाहेक लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनहम पनि विद्रोही लिग आयोजनामा लागे । तर, समर्थकको विरोधका कारण सबै इंग्लिस क्लब हच्किए । 

युनायटेड समर्थक त ओल्ड ट्राफोर्ड भित्रै पसे । क्लब मालिक रहेको ग्लेजर परिवारविरुद्ध नारा लगाए । जसले गर्दा लिभरपुलसँको खेल नै स्थगित भयो । युनाइटेड समर्थकले गरेको विरोध प्रदर्शनले प्रायोजक पनि हच्किएका छन् । युनाइटेडको ‘ट्रेनिङ किट’ प्रायोजन गर्ने सहमत भएको दी हट गु्रपले आफ्नो निर्णय परिवर्तन गरेको छ । 


दी हटले युनाइटेडको ‘ट्रेनिङ किट’ प्रायोजनमा २० करोड पाउण्ड खर्च गर्ने सहमती गरेको थियो । तर युनाइटेड समर्थकको ग्लेजरप्रति लक्षित विरोध चर्कदै गएपछि दी हटले प्रायोजन सम्झौँता नगर्ने निर्णय गरेको बेलायती अबखार दी गार्डियनले लेखेको छ । 

हाल युनाइटेडको ‘ट्रेनिङ किट’ लाई एओएनले प्रायोजन गरेको छ । तर युनाइटेड र एओएनबीचको सम्झौँता जुनमा सकिँदैछ । त्यसकारण युनाइटेडले नयाँ प्रायोजकको खोजी गरिरहेको हो । दी हटले आफ्नो ब्रान्ड माई प्रोटिनलाई युनाइटेडको ‘ट्रेनिङ किट’ मा राख्न खोजेको थियो । प्रारम्भिक सहमती अनुसार माई प्रोटिन युनाइटेडको ‘ट्रेनिङ किट’ मा १० वर्षसम्म रहने योजना थियो । तर युनाइटेड समर्थकले प्रायोजकहरुलाई प्रायोजन नगर्न खबरदारी गरेपछि दी हट पछि हटेको हो । 


Author

थप समाचार
x