फिडे मास्टर सुजेन्द्रको निधन
काठमाडौँ- नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष, मखन चेस क्लबका संस्थापक अध्यक्ष तथा फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार निधन भएको नेपाल चेस संघले जनाएको छ । श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
लामो समयसम्म बुद्धिचाल खेलाडी रहेका श्रेष्ठले नेपालको प्रतिनिधित्व गरी इटालीमा भएको ३७ औँ ओलम्पियाड, जर्मनीमा भएको ३८ औँ ओलम्पियाड र नर्वेमा ४० औँ ओलम्पियाडमा सहभागिता जनाएका थिए ।
श्रीलंकामा सम्पन्न भएको एसियन जोनल ३.२ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी फिडे मास्टर उपाधि हात पारेका थिए । बंगलादेशमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट १० भित्र रहेर पुरस्कार समेत उनले हात पारेका थिए ।
लेबनान, युएई र इन्डोनेसियामा सम्पन्न एसियन सिटिजमा नेपाली टिमको प्रतिनिधित्व गरेका श्रेष्ठले न्यूजिल्यान्डमा भेट्रान चेस च्याम्पियनसीप तथा अमेरिकामा मार्सल चेस च्याम्पियनसीपमा पनि सहभागिता जनाएका थिए ।
उनले नेपालको बुद्धिचाल खेल इतिहासमा पहिलो पटक रेटिङ प्रतियोगिता सुरुवात गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया