खेलकुद

'ए' डिभिजन लिग फुटबलमा पुलिसको पहिलो जित

इकागज |
चैत २७, २०७९ सोमबार १६:४० बजे

काठमाडौँ- विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको  छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित हात पारेको हो ।

पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल तथा विदेशी खेलाडी मोसेसले एक गोल गरे । फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए ।


पुलिसले सात खेलमा चरणमा पहिलो जित निकालेको हो । जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको  छ । फ्रेन्ड्सको पनि ७ खेलमा ४ अंक छ । यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइज र नेपाल एपीएफले गोल रहित बराबरी खेले ।


Author

थप समाचार
x