खेलकुद

ए डिभिजन लिग : थ्रीस्टारले हरायो पुलिसलाई

इकागज |
चैत ३०, २०७९ बिहीबार १६:४२ बजे

काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले  नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे ।


मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे । जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ ।


Author

थप समाचार
x