युक्रेनले आफ्ना राष्ट्रिय टिमहरुलाई रुस र बेलारुससँग खेल्न लगायो प्रतिबन्ध
काठमाडौँ- युक्रेन सरकारले आफ्ना राष्ट्रिय टिमहरुलाई रुस र बेलारुसका टिमसँग खेल्न प्रतिबन्ध लगाएको छ । युक्रेनको खेलकुद मन्त्रालयले आफ्ना राष्ट्रिय टिमहरुलाई ओलम्पिक, पारा-ओलम्पिक तथा अन्य सबै खेलमा रुस र बेलारुसका टिमसँग खेल्न प्रतिबन्ध लगाएको आईएएनएसले जनाएको छ ।
खेलकुद मन्त्रालयले आफ्नो वेवसाइटमै रुस र बेलारुसका टिमको सहभागिता रहेको प्रतियोगितामा आफ्ना टिमहरुलाई सहभागी नहुने निर्देशन दिएको छ । यसका लागि सम्बन्धित खेल संस्थाहरुले रुस र बेलारुसको सहभागिता भएको प्रतियोगिताबाट आफ्ना टिमलाई फिर्ता बोलाएको सुनिश्चित गर्नुपर्नेछ ।
मन्त्रालयका अनुसार नियम उल्लंघन गर्ने संस्थाले राष्ट्रिय टिमको मान्यता नपाउने चेतावनी समेत दिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुस र बेलारुसका खेलाडी तथा टिमलाई तटस्थ खेलाडी तथा टिमको रुपमा ओलम्पिकसहितका प्रतियोगितामा सहभागी गराउने जनाएपछि युक्रेनको यस्तो निर्णय आएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया