खेलकुद

वेस्टब्रुम च्याम्पियनसिप फर्कियो

इकागज |
बैशाख २७, २०७८ सोमबार १३:५१ बजे

काठमाडौँ: वेस्टब्रुम इंग्लिस फुटबलको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा झरेको छ । गत सिजनको अन्त्यमा च्याम्पियनसिपको उप-विजेता बन्दै इंग्लिस प्रिमियर लिगमा बढुवा भएको वेस्टब्रुम पहिलो श्रेणीमा एक सिजन मात्रै टिक्न सक्यो । आइतबार प्रिमियर लिगमा आर्सनलसँग हार ब्यहारेपछि वेस्टब्रुम रेलिगेट भएको हो । 

वेस्टब्रुमले ३५ खेलबाट २६ अंक बटुलेको छ । साम एलरडायसको टिमलाई प्रिमियर लिगमै रहन ३६ अंकको आवश्यकता रहन्छ । तर अब लिगमा तीन खेल मात्रै रहेकाले वेस्टब्रुमले प्रिमियर लिगमा रहन आवश्यक पर्ने अंक बटुल्न सम्भावना छैन । एलरडायस १७ सिजनमा पहिलो पटक रेलिगेट भएका हुन् । 


आर्सनलको जितमा निकोलस पेपे, एमिल स्मिथ रो र विलियानले समान एक गोल गरे । जितपछि आर्सनल ५२ अंकका साथ नवौँ स्थानमा रहेको छ ।  

रेलिगेसनमा परेको वेस्टब्रुम लगातार चार खेलमा जितिविहिन छ । अब बाँकी रहेका तीन खेलमा वेस्टब्रुमले लिभरपुल, वेस्टह्याम र लिड्स युनाइटेडको सामना गर्नेछ । वेस्टब्रुमसँगै फुलहम र सेफिल्ड युनाइटेड पनि च्याम्‍पयनसिप फर्कने सम्भावना छ । 


Author

थप समाचार
x