सुबाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया जाने
काठमाडौँ- नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सुबाश तामाङ एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसीप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमीमा प्रशिक्षणका लागि अस्ट्रेलिया जाने भएका छन् ।
आगामी जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने निःशुल्क विशेष प्रशिक्षणमा भाग लिन एएसीले सुबाशलाई नेपाल गल्फ संघ मार्फत निमन्त्रणा पठाएको हो । सुबाश अहिले विश्व एमेच्योर गल्फ वरीयतमा १८९ औँ स्थानमा रहेका छन् ।
मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् । आगामी अक्टोवर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसीपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाईएको छ ।
अक्टोवर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुबाश र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् । अहिले यी दुई खेलाडी भारतको बैँग्लोरस्थित तरुण सरदेसाई गल्फ एकेडमीमा प्रशिक्षणरत छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया