खेलकुद

ए डिभिजन लिग : संकटाले हरायो एपीएफलाई

इकागज |
बैशाख ३, २०८० आइतबार १८:५७ बजे

काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

आइतबार च्यासल मैदानमा भएको निकै रोमाञ्चक खेलमा ९ खेलाडीमा समेटिएको संकटाले १० खेलाडीमा समेटिएको एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।  संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे । 


जुनियरले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । संकटाको यो चौंथो जित हो । संकटाले १५ अंक जोडेको छ । एपीएफको  ११ अंक रहेको छ । 


Author

थप समाचार
x