खेलकुद

ए डिभिजन लिग : जावलाखेलले हरायो पुलिसलाई

इकागज |
बैशाख ६, २०८० बुधबार १८:४ बजे

काठमाडाैं। राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा जावलाखेलका लागि फोडे फोफानाले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै जावलाखेलका हिसुब थपलियाले ५० र ८२ औं मिनेटमा गोल गरे भने एनकोटो मासोबीले ६५ र ७२ औं मिनेटमा गोल गरे । त्यस्तै अब्दुलाजिज निशोनवाबले ६५औं मिनेटमा गोल गरे । 


पुलिस क्लबका तर्फबाट एकमात्र गोल मोसेस टिवुमले खेलको ८८ औं मिनेटमा गरेका थिए । जितसंगै जावलाखेलले २० अंक जोडेको छ । पुलिस ५ अंकसहित अंक तालिकाको पुछारमा छ ।

त्यस्तै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय नेपाल एपीएफ फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । अर्मान्ड विडोमको निर्णायक गोलमा एपीएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो ।

अर्मान्डले ३९औं मिनेटमा एकमात्रै निर्णायक गोल गरेका थिए । जितसँगै एपीएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।


Author

थप समाचार
x