खेलकुद

‘आइपीएलका बाँकी खेलहरू भारतमा हुने सम्भावना छैन’

इकागज |
बैशाख २७, २०७८ सोमबार १८:३२ बजे

काठमाडौँ: एक साताअघि इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरियो । स्थगित आइपीएलका बाँकी खेलहरू कहाँ र कहिले हुने भन्ने विषयमा केही बताइएको छैन । केही भारतीय सञ्चार माध्यमले आइपीएलका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने लेखेका छन् । तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सञ्चार माध्यममा आएका खबरहरुको पुष्टी गरेको छैन । 

यसैबीचमा बीसीसीआई प्रमुख सौरभ गागुंलीको भनाइ सार्वजनिक भएको छ । उनले आइपीएलका बाँकी खेलहरु भारतमा सञ्चालन गर्न सम्भव नरहेको र विदेशमा आयोजना स्थल खोज्न पनि सजिलो नरहेको बताएका छन् । 


भारतमा हाल कोभिड–१९ ले अत्याधिक पिडामा छ । त्यहाँ दैनिक चार हजार कोभिड–१९ संक्रमितले ज्यान गुमाइरहेका छन् भने चार लाख नयाँ संक्रमित फेला परिरहेका छन् । ‘भारतमा आइपीएल खेलाउन सम्भव छैन । विदेशमा आयोजना स्थल पाइन्छ । फेरि क्वारन्टिनको कुरा पनि आउँछ,’ गागुंलीले भनेका छन् । 

भारतले न्यूजिल्यान्डसँग जुन १८ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा खेल्दैछ । त्यसअघि स्थगित आइपीएल सुचारु हुन नसक्ने पनि गागुंलीको भनाइ थियो । भारतले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने तालिका छ । त्यसपछि विराट कोहलीको नेतृत्वमा रहेको टोली फेरि इंगल्यान्ड जानेछ । जहाँ पाँच टेस्ट खेलिनेछन् ।  


Author

थप समाचार
x