ब्याडमिन्टनका प्रिन्स र रशिलाले एशिया च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने
काठमाडौँ- ब्याडमिन्टनका खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र यूएईको दुबईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसीप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्येको एक च्याम्पियनसीप सुपर सिरिज १००० मा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्री अनुप रत्न शाक्यले निर्णयकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।
आईतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले खेलाडी तथा निर्णायकलाई शुभकामनासहित बिदाई गरे । परीक्षाका कारण बिदाई कार्यक्रममा रशिलाको उपस्थिति रहेन ।
बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छविलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योन्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्रबहादुर थिङको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया