वर्ल्ड ट्रान्सप्लान्ट गेम्समा नेपाललाई ७ पदक
काठमाडौँ- अस्ट्रेलियाको पर्थमा सम्पन्न वर्ल्ड ट्रान्सप्लान्ट गेम्समा नेपालले ७ पदक हात पारेको छ । नेपालले हाइ जम्प, लङ्ग जम्प र दौडमा नेपालले पदक जितेको हो ।
गीता श्रेष्ठले हाइजम्पमा रजत पदक, १०० र ४०० मिटर दौडमा कास्य पदक जितेकी हुन् । विष्णुलाल तुसु श्रेष्ठले हाइ जम्पमा रजत पदक तथा लङ्ग जम्प र १०० मिटर दौडमा कास्य पदक जिते । असिम कमार लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन ।
नेपालबाट प्रत्यारोपण गरेका खेलाडीहरुले ५ किलोमिटर दौड, एथलेटिक्स विधाका १००, २००, ४००, ८०० मिटर दौड, हाइ जम्प, लङ्ग जम्प, टेवल टेनिस, व्याडमिन्टन, सटपुट तथा ज्याभलिन लगायतका खेलकुदमा अन्य ४६ देशका खेलाडीसँग प्रतिस्पर्धामा भाग लिएका थिए ।
प्रतियोगिता अप्रिल १५ देखि २१ सम्म संचालन भएको थियो । उक्त प्रतियोगितामा विभिन्न ४६ देशका १ हजार ६ सय बढीको सहभागिता रहेको थियो ।
नेपालको टिम म्यानेजरमा हरिनारायण शर्मा रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया