चेस खेलाडीले मासिक तलब पाउने
काठमाडौँ- चेस खेलाडीद्वय रुपेश जयसवाल र सुजना लोहनीले नेपाल बुद्धिचाल महासंघबाट मासिक तलब पाउने भएका छन् । रुपेश र सुजनाले महासंघबाट मासिक समान १०-१० हजार पाउने भएका छन् ।
महासंघले मंगलबार पत्रकार सम्मेलनमार्फत रुपेश र सुजनालाई मासिक रकम उपलब्ध गराउने जानकारी गराएको हो । चेस खेलाडीले इतिहासमै पहिलो पटक मासिक रकम पाउने भएका हुन् ।
खेलाडीलाई मासिक रकम उपलब्ध गराउनका लागि महासंघले सागर फिड्ससँग सम्झौता गरेको छ । महासंघका अध्यक्ष विदुर प्रसाद गौतम र सागर फिड्सका प्रवन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले सम्झौतापत्रमा हस्ताक्ष गरे ।
सम्झौता अनुसार सागर फिड्सले महासंघलाई वार्षिक २ लाख ४० हजार प्रदान गर्नेछ । सम्झौता एक वर्षका लागि भएको हो ।
मासिक रकम पाउनुले चेस खेलाडीलाई अगाडी बढ्न मदत गर्ने तथा चेसलाई व्यावसियकता बनाउने यो पहिलो खुडकिलो भएको चेस खेलाडी रुपेशले बताए ।
सुजनाले पनि नेपालमा बुद्धिचालको व्यावसायिकताको थालनी भएको र यसले नयाँ र युवा खेलाडीलाई प्रोत्साहन गर्ने बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया