खेलकुद

श्रीलंका जाने भारतीय क्रिकेट टिमको प्रशिक्षक द्रविड र कप्तान धवन !

इकागज |
बैशाख २८, २०७८ मंगलबार १७:५१ बजे

काठमाडौँ: भारतीय क्रिकेट टिमले आउँदो जुलाईमा इंगल्यान्डको भ्रमण गर्ने तालिका छ । जहाँ भारतले आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्यूजिल्यान्डको सामना गर्दैछ । दुई टिमबीचको उपाधि भिडन्त दी रोज बल क्रिकेट मैदानमा जुन १८ देखि २२ सम्म हुनेछ । 

त्यसपछि भारतीय टिम घरेलु इंग्लिस टोलीसँग हुने टेस्ट श्रृंखलाका लागि अभ्यासमा व्यस्त हुनेछ । भारत र इंगल्यान्डले अगस्ट ४ बाट सेप्टेम्बर १४ सम्म पाँच टेस्ट खेल्ने तालिका छ । टेस्ट टिम इंगल्यान्डमा रहँदा भारतको अर्को टिम श्रीलंका जानेछ । जहाँ भारतले एक दिवशिय र टी–ट्वान्टी श्रृंखलामा भाग लिनेछ । छिमेकी श्रीलंकाविरुद्ध भारतले तीन–तीन एक दिवशिय र टी-ट्वान्टी खेल्ने बताइएको छ । 


दुई दक्षिण एसियाली टिमबीचका खेलहरू कोलोम्बोको आर प्रेमादाशा रंगशालामा हुने बताइएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) प्रमुख सौरभ गागुंलीका अनुसार श्रीलंका जाने भारतीय टिममा युवा खेलाडीहरूलाई मौका दिने बताएका छन् । पहिलो रोजाइको भारतीय टिममा मौका पाउन नसकिरहेका पाका खेलाडीहरू लाई पनि श्रीलंका जाने टोलीमा समावेश गरिने अनुमान गरिएको छ । प्रशिक्षण टोली पनि नयाँ बनाइने बताइएको छ ।  

भारतीय सञ्चार माध्यमका अनुसार श्रीलंका भ्रमणमा जाने भारतीय टिमको प्रशिक्षकको जिम्मेवारी राहुल द्रविडलाई दिइनेछ । द्रविड हाल भारतको अण्डर १९ तथा ए टिम हेरिरहेका छन् । त्यस्तै, बीसीसीआईले शिखर धवनलाई कप्तानको जिम्मेवारी दिनसक्ने अनुमान गरिएको छ । यद्यपि बीसीसीआईको औपचारिक निर्णय आउन भने बाँकी छ । 


 


Author

थप समाचार
x