बैशाख २२ र २३ मा राष्ट्रिय कराते प्रतियोगिता हुने
काठमाडौँ- नेपाल क्योकुशिन कराते-डो संघ बज्रले २१ औँ राष्ट्रिय पुरुष खुल्ला तथा १४ औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले यही वैशाख २२ र २३ गते प्रतियोगिता आयोजना गर्ने भएको हो ।
आयोजक नेपाल क्योकुशिन कराते-डो संघ बज्रले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
प्रतियोगितामा सातै प्रदेशबाट पुरुष खुल्लातर्फ ६५ जना र महिला तौल समूहतर्फ ५५ जना खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया