कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न
कैलाली- कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा हिजो (आइतबार) देखि सुरु भएको दुई दिने खेलकुद पत्रकारिता तालिम आज सकिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले तालिमको आयोजना गरेको हो । तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल रहेका थिए । हिजो आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले तालिमको उद्घाटन गरेका थिए ।
तालिममा सहभागी पत्रकारहरूलाई वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक शुशील नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नवीन लुइँटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले, खेल पत्रकार यज्ञराज जोशी लगायतले दुई दिनसम्म प्रशिक्षण दिएका छन् ।
तालिममा विभिन्न जिल्लाहरूका ४० बढी पत्रकारको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया