खेलकुद

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना गर्भवती

इकागज |
बैशाख १९, २०८० मंगलबार १३:५८ बजे

काठमाडौँ- टेनिस स्टार सेरेना विलियम्स दोस्रो पटक गर्भवती भएकी छन् । मेट गालाका क्रममा सेरेनाले आफू गर्भवती भएको खुलासा गरेकी थिइन् ।

बीबीसीले जनाए अनुसार ‘न्यूयोर्क फेसन शो’ का लागि श्रीमान अलेक्सिस ओहानियनसँगै आएकी सेरेनाले आफू गर्भवती भएको बताइन् ।


२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले सन् २०१७ मा पहिलो बच्चा ओलम्पियालाई जन्म दिएकी थिइन् ।


Author

थप समाचार
x