ओलम्पिक छनोटका लागि भारोत्तोलनका सागर कोरिया जाने
काठमाडौँ- आगामी वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिकको छनोट प्रतियोगिताको रुपमा रहेको एसियन वेटलिफ्टिङ च्याम्पियनसीपमा सहभागिता जनाउन सागर भण्डारी दक्षिण कोरिया जाने भएका छन् ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता भारत्तोलन खेलाडी सागर सोमबार च्याम्पियनसीपमा सहभागी हुन दक्षिण कोरिया जाने भएका हुन् ।
दक्षिण कोरियाले जेन्जुमा मे ३ देखि १३ तारिखसम्म च्याम्पियनसीप आयोजना गर्दैछ । च्याम्पियनसीप पेरिस ओलम्पिकको छनोटको रुपमा समेत रहेको छ ।
सागरको खेल मे १३ तारिखमा रहेको छ । उनले पुरुषको १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ । सागरसँगै प्रशिक्षक जीवन गौतम तथा व्यवस्थापक रामसुन्दर श्रेष्ठ पनि दक्षिण कोरिया जानेछन् ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली टिमको शुक्रबार बिदाइ गरे । बिदाइ कार्यक्रममा नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, खेलाडीलगायतको उपस्थिति रहेकाे थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया