भाराेत्तोलन खेलाडी सागर एसियाली च्याम्पियनसीपका लागि सोमबार कोरिया जाँदै
काठमाडौँ- एसियाली भाराेत्तोलन च्याम्पियनसीपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारत्तोलन टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्ने भएको छ ।
मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भण्डारीले पुरुष १०९ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । पेरिस ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त सागर १३ औँ दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् । प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।
प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया