बार्सिलोनाका कप्तान बुस्केट १८ बर्ष पछि क्लब छाडने निर्णयमा
काठमाडौं - बार्सिलोनामा आबद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन् । जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन । ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।
‘१८ बर्षको बार्सिलोनासँगको यात्रा अविष्मरणीय रह्यो। म सानैमा पनि सधैं बार्सिलोनाको जर्सीमा नै मैदानमा खेलेको सपना देख्थें, जुन सपना मैले सोचेको भन्दा लामो समयसम्म जारी रह्यो’ उनले भने, ‘धेरै वर्षदेखि बार्सिलोना र फुटबल प्रेमीहरूबाट पाएको यो सम्मान र अवसरले मलाई धेरै थोक र अविश्मरणीय यादहरु दिएको छ। यो अवसर सिर्जना गर्ने क्लब र सबै समर्थक र सहकर्मी प्रति धन्यवाद दिन चाहन्छु।’
उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा लालिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
२००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्द भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया