गल्फर सुवाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान
काठमाडौँ- नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवाश तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीप (एएसी) ले संचालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवाशलाई शनिबार विदाई गरे । सुबश जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । सुवाश हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९ औँ स्थानमा रहेका छन् ।
मेलबर्नमा सुवाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् । आगामी अक्टोबर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाईएको छ ।
अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवाश र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया