इकागजकर्मी शाह र गुरुङ पुरस्कृत हुने
काठमाडौँ- इकागजकर्मीद्वय संजिव कुमार शाह र धनबहादुर गुरुङ पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट शाह र गुरुङ पुरस्कृत हुने भएका हुन् ।
मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ शाह (मधेस प्रदेश) तथा गुरुङ (गण्डकी प्रदेश) सहित अर्जुनकुमार सुवेदी (कोशी प्रदेश), सुवास बिडारी (बागमती प्रदेश), विजय नेपाल (लुम्बिनी प्रदेश), ललितबहादुर बुढा (कर्णाली प्रदेश) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम प्रदेश) लाई प्रदान गर्ने भएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।
यसैगरी, युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । यस पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
त्यसैगरी, महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।
मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया