८१ वर्षीया हिलारीले पूरा गरिन् १७५ औँ म्याराथन
काठमाडौँ- ८१ वर्षीया एक महिलाले रोब बरो लिड्स म्याराथन दौड पूरा गरेकी छन् । बीबीसीले जनाएअनुसार हिलारी ह्वारमले पूरा गरेको यो १७५ औँ म्याराथन हो ।
हिलारीले रोब बरो लिड्स म्याराथन उनका लागि उत्कृष्ट भएको बताइन् । ५५ वर्षको उमेरमा म्याराथन दौडिन सुरु गरेकी हिलारीले ३ सय म्याराथन पूरा गर्ने लक्ष्य राखेकी छन् ।
आइतबार भएको म्याराथन मिलारीले ८ घण्टा १५ मिनेटमा पूरा गरेकी थिइन् । उक्त म्याराथनमा १२ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।
हिलारी अहिले नियमित रुपमै म्याराथनमा सहभागिता जनाइरहेकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया