आर्मीले खुमलटारसँग बराबरी खेल्यो
काठमाडौं– दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लबसँग २–२ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा खुमलटारसँग अंक बाँडेको हो । यससँगै आर्मीलाई चौथो स्थानमा उक्लिने मौका गुमेको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी फरवार्ड मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।
रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफको खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । २–१ ले पछि परेसँगै खेलमा फर्किन निकै प्रयास गरेको खुमलटारका लागि ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए ।
बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन र अंक बाँड्न बाध्य बने । यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया