काभा कप : ट्रफी सार्वजनिक, ह्याट्रिकको दाऊमा नेपाल
काठमाडौं– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरिएको छ ।
आइतबार नेपाल भलिबल संघले जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने काभा महिला च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरेको हो । त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ ।
प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागिता रहने छ । खेल अगाडि आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहभागी देशका कप्तानहरुले प्रतियोगिताका लागि टिमले निकै तयारी गरेको भन्दै जितको लक्ष्यका साथ अघि बढ्ने जनाएका छन् ।
नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले लगातार जित हासिल गरेर ह्याट्रिक गर्ने योजनामा रहेको बताइन् । उनले तीन महिनादेखिको तयारीलाई खेलमार्फत प्रदर्शन गर्ने बताइन् ।
प्रतियोगिताको आयोजनाको खर्च अनुमानीत २ करोड ७१ लाख रहेको संघले बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया