खेलकुद

काभा महिला भलिबलः नेपालले पहिलो खेल कीर्गिस्तानविरुद्ध खेल्दै

इकागज |
जेठ ८, २०८० सोमबार ९:२६ बजे

काठमाडौँ- आजबाट सुरु हुन लागेको एनएससी– काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो खेलमा आयोजक नेपालले कीर्गिस्तानको सामना गर्दैछ ।

समूह ‘ए’ मा रहेका नेपाल र कीर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो ४:३० बजेबाट सुरु हुनेछ । यसै समूहमा भारत र बंगलादेश पनि रहेका छन् ।


राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

नेपालको खेलअघि उज्वेकिस्तान र श्रीलंकाबीचको खेल बिहान ९:३० बजे हुँदैछ । भारत र बंगलादेशबीचको खेल १२ बजेबाट सुरु हुनेछ । त्यसैगरी, माल्दिभ्स र काजकस्तानबीचको खेल साँझ ७ बजेबाट सुरु हुने तालिका रहेको छ ।

नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग तथा तेस्रो खेल जेठ १० गते भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

समूह ‘बी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

समूह चरणको खेलपछि दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


Author

थप समाचार
x